क्रिकेटको राष्ट्रिय टोली आज अपरान्ह युएई जाने

   नयाँ दैनिक comment 0

माघ ८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएईसँगको वान डे र टी–२० सिरिज खेल्न आज त्यसतर्फ प्रस्थान गर्दैछ । १६ सदस्यीय नेपाली टोली अपरान्ह साढे ४ बजे युएई जाने बताइएको छ । नियमित कप्तान पारस खड्काको कमानीमा घोषणा गरिएको टोलीमा भीम सार्कि, अबिनास बोहोरा, सन्दिप झोरा र पवन सर्राफले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । शुक्रबारबाट सुरु हुने सिरिजका लागि ४ नयाँ अनुहारलाई समेट्दै शनिबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो ।

बंगलादेश प्रिमियर लिग बिपीएल खेलेर हिजो काठमाण्डौ आईपुगेका लेग स्पिनर सन्दिप लामिछानेपनि टोलीसंगै आज युएई जाने छन् । नेपालले घरेलु टोलीसंग माघ ११, १२ र १४ गते वान डे र माघ १७, १८ र २० गते ट्वान्टी २० क्रिकेट खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *