क्रिकेट रंगशालाबारे प्रधानमन्त्रीले के भने ?

गरे किन हुँदैन ? एउटा मान्छे खोजिरहेछु भन्दा ‘ए धर्मुस सुन्तली भेटियो...
   नयाँ दैनिक comment 0

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्‍यो । आँट कसरी गर्‍यो रु बजेट निकै ठूलो छ । पैसा साथमा छैन । तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौता नै गर्‍यो । हामीलाई एउटा परिकल्पना पनि प्रदर्शन गरेको छ ।

म खुसी व्यक्त गर्न चाहन्छु, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेका छौं । त्यसका लागि केही आधारभूत कुरा तय भयो । स्थान तय भयो । कस्तो बनाउने भन्ने नक्साङ्कन पनि भयो । त्यसका निम्ति लगभग ४ करोड यही उठ्यो होला ।

तर, अझै २९६ करोड बाँकी छ । त्यसकारण मेरो सुझाव छ, लेख्ने कुरामा अझ जाँगर चलाउ, लेखेको रकम भुक्तानी गर्न विलम्ब नगरौं । कहिले कहिले विलम्ब हुन्छ । म आफू पवित्र र राम्रो कामका लागि सहयोगी भूमिका खेल्न सधैं तत्पर छु ।

हामीकहाँ यसप्रकारको स्तरीय क्रिकेट रंगशालाको आवश्यकता थियो, अभाव थियो । हामी कहाँ भएका रंगशाला कामचलाउ मात्रै छन् । यसलाई अभ्यासको रुपमा मात्रै लिन सकिने अवस्था छ । यस सन्दर्भमा धुर्मुस सुन्तली फाउन्डेसनले आफूलाई अगाडि सारेको छ । ठूलो अठोट गरेको छ ।

क्रिकेट हाम्रा लागि अलिक नयाँ खेल हो । धेरै नयाँ पनि होइन । यसको अर्को रुप हामीसँग थियो । यस रुपमा अलि पछि आयो । नेपालमा आफ्नै ढंगका परम्परागत खेलकुदहरु छन् । कहीँ दौड, कहीँ कुस्ती, कहीँ छेलो फ्याक्ने आदि । खेल र राजनीतिको अन्योन्याश्रित सम्बन्ध छ । दौडेर गएर राजा हुने चलन थियो । जो दौडमा फर्स्ट हुन्छ, उही राजा हुने थियो । कस्तो सम्बन्ध होला ?

मैले भन्ने गरेको छु, हामी नेपालीहरु कमजोर होइनौं । हामी अरु कोहीभन्दा कम क्षमताको हुनुपर्ने कारण छैन । हाम्रो भूगोल, प्रकृति नै विशिष्ट छ । हामी कम अक्सिजनमा सास फेर्न सक्छौं । नेपाली बसेको उचाइमा अरु बस्न सक्दैनन् । नेपाली गएको उचाइमा अरु जान सक्दैन । किनकी हामी यसमा अभ्यस्त छौं । हाम्रो फोक्सो नै त्यसरी बनेको छ । घाँस दाउराका लागि उकाली–ओराली गर्नुपर्ने हाम्रा हड्डीहरु मजबुत छन् । त्यस हिसाबको स्टामिना हाम्रो हो ।

हाम्रा पूर्वजहरु तीर्थयात्रा गर्थे । त्यसबेला हवाइजहाज थिएन । हिँडेर जानुपर्थ्यो । बहुत टाढाटाढाका तीर्थयात्रा गरेर फर्किन्थे । हाम्रो अभ्यास शारीरिक तन्दुरुस्तीमा हामी अरुभन्दा कम हुनुपर्ने कारण छैन । मैले भन्ने गरेको छु, मानसिक हिसाबले, बौद्धिक हिसाबले दुनियाँमा अन्धकार हुँदा यहाँ ज्ञानको उज्यालो थियो । शास्त्र, संगीत, साहित्य, कला यहाँ तयार भयो र फैलिदै गयो । त्यस्ता पुर्खाका हामी सन्तान, कुनै हिसाबमा कमी हुनुपर्ने अवस्था छैन । तर, दुर्भाग्य विगतका विभिन्न ऐतिहासिक कारणले हामी पछाडि पर्‍यौं ।

अहिले नेपाल अगाडि बढ्न खोजेको छ, त्यसको वातावरण बनेको छ । मैले अन्तर्राष्टिय मञ्चहरुमा गएर भनेको छु, नेपाल एउटा नमूना देश हो । नेपाली जनताले चिताएका कुरा प्राप्त गरेर छोडेको छ । राणा‍शासन फाल्छु भन्यो, फाल्यो । पछिल्लो समयमा फेरि अधिकार खोसिए । त्यसलाई फिर्ता ल्याइयो । शरणार्थी समस्याको झमेलामा पर्‍यौं । त्यो समाधान भयो । द्वन्द्वको व्यवस्थापन गरियो । अहिले स्थायी सरकारका साथ नेपाल सुशासन र विकासमा अगाडि बढेको छ, अगाडि बढ्छ ।

मैले घोषणा गरेको थिएँ जाडोले कठ्यांग्रिएर कोही मर्नुपर्दैन भनेर । अहिले शीतलहरको समय सिद्धियो, कोही मरेनन् । किनकी समयमै कम्बल पुर्‍याइएको छ, दाउरा पुर्‍याइएको छ । काठमाडौंमा बसेर घरबाट फुत्त निस्केर कफी सपमा ठूला कुरा गर्नु बेग्लै कुरा । हिमालका कुनाकुनामा, तराइका छाप्राछाप्रामा कम्बल पुर्‍याइएको छ ।

मैले भनेको छु, विद्यालय जानबाट कुनै बालबालिका वञ्चित हुनु पर्दैन । हामी विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयबाहिर रहन दिँदैनौं । मैले नयाँ युगको सुरुवात भनेको कतिलाई मन परेन । बालबालिका स्कुल जान नपाउने युगको अन्त्य हुनु भनेको नयाँ युगको सुरुवात हो कि होइन रु अझै केही बालबालिका विद्यालय पुर्‍याउन बाँकी छ । उनीहरुलाई आगामी वर्ष पुर्‍याउँछौं । नेपालमा साक्षरताको ठोस अभियान अगाडि बढाएका छौं । अब नेपाल निरक्षर रहन सक्दैन । बेरोजगारलाई रोजगारी, त्यो नभए बेरोजगार भत्ताको व्यवस्था गरेका छौं । यो कुरा कतिले सुनेका छन् कतिले छैन ।

सम्पूर्ण जनताको सामाजिक सुरक्षाको प्रवन्ध हुन्छ । आज अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको दायराभित्र ल्याइएको छ । अनौठो दृष्टान्त छ । दुनियाँमा रोजगारदाता र मजदुरका बीचमा लडाइँ हुन्छ । हड्ताल हुन्छ । तर, यहाँ हडताल मजदुरले गर्दैन । हड्ताल डाक्टरले गर्छन् । बिरामीको उपचार गर्न छोडेर हडताल गर्छन् ।

अस्ति डावोसमा मैले जी–२० को वैठकमा भाग लिने मौका पाएँ । नेपालले त्यस्तो वैठकमा पहिलोपटक भाग लिएको हो । दुःखको कुरा अल्पविकसित देशको म एकजना मात्रै परेछु । सबै विकसित देशका आफू ‘ । मैले त्यहाँ कबुल गरेर आएको छु, अब धेरै वर्षसम्म हामी ‘एलडीसी’ भएर बस्नेछैनौं ।

हामीसँग युवा जनशक्ति छ, प्राकृतिक स्रोत–साधन छ । हामी अनेक कुराले अनुकुल अवस्थामा छौं । स्पष्ट नीति छ । स्थिर सरकार छ । अब लरबर गर्ने पक्षमा छैनौं । कतिपयले मलाई प्यानल डिस्कसनमा सोधेका पनि थिए, लोकतन्त्र खुम्चियो भन्छन् के हो भनेर रु मैले ‘कुप्रचारको प्रभाव यहाँसम्म आइपुगेछ’ भनेँ । कहाँनेर खुम्चियो नेपालमा लोकतन्त्र रु नेपालमा लोकतन्त्र खुम्चिदैन, खुम्चिन दिइँदैन ।

मभन्दा अगाडि मदनकृष्ण श्रेष्ठजीले भाषण गर्दा खुब ताली लाग्यो भनेको सुनेँ । पक्कै पनि भ्रष्टाचारविरुद्ध बोल्नुभयो होला । बोल्नैपर्छ । हामी दुवैजना भ्रष्टाचारविरुद्ध छौं । म सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, भ्रष्टाचारलाई ठेगान लाउने समेत काम गर्छु । भ्रष्टाचार हुन दिँइदैन । भ्रष्टाचारीमाथि धमाधाम कारवाही भइरहेको छ ।

यसरी कारवाही हुँदा भ्रष्टाचार भएछ भन्ने हुन्छ । तर, हामी भेटायो कि समातेर ठेगान लगाउँछौं । अझै कारवाहीको सिलसिला चल्छ । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने हो । मैले भनेको छु, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न । भ्रष्टको अनुहार हेर्दिनँ । कस्तो अनुहार छ मतलब छैन, कुन पार्टीको हो थाहा छैन । मदनकृष्णजी ढुक्क हुनुस् ।

मदनकृष्णजीको भाषणमाथि थप्छु । उहाँले स्वच्छ हुन आग्रह गर्नुभो । एकदम राम्रो कुरा हो । तर स्वच्छ मात्र भएर पुग्दैन । एउटा मुर्ति स्वच्छ भएर बस्छ । भ्रष्टाचार गर्दैन । के त्यतिले पुग्यो त रु स्वच्छ मात्र होइन, सक्रिय पनि हुनुपर्‍यो ।

अब म साथीहरुलाई भन्न चाहन्छु । शिशिर योगीजीले एउटा गीत गाउनुभयो, यो देशमा म एउटा मान्छे खोजिरहेछु । उहाँले त्यस्तो गाउँदा मैले भनेँ, त्यो मान्छे अब टाढा खोज्न नजानुस् । त्यो मान्छे तपाईंको दाहिनेपट्टी छ, तपाईंको देब्रेपट्टी छ, तपाईंको अगाडि छ, पछाडि छ । तपाईंभन्दा अगाडि बसेको भन्दा ठ्याक्कै पछाडि छ । तपाईंको पछाडिभन्दा ठ्याक्कै अगाडि छ ।

धुर्मुस सुन्तलीले रंगशाला बनाउँछन् । अरुले केही नगर्ने रु अरुले रंगशाला नबनाए पनि केही त गरौं । गरे किन हुँदैन ? एउटा मान्छे खोजिरहेछु भन्दा ‘ए धर्मुस सुन्तली भेटियो । अब पुग्यो त ?  एउटा रंगशालाले मात्र त पुग्दैन । त्यसैले सबै जुटौं । म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु कमसेकम सबैले धुर्मुस हुनुपर्‍यो, सुन्तली हुनुपर्‍यो । हामी हरेकले गर्न सक्छौं ।

प्रश्न आउन सक्छ पैसा छैन, कसरी गर्ने रु मैले भन्ने गर्छु पैसाले विकास हुने होइन । विचार–संकल्पले हुने हो । विकासले पैसा आउँछ । पैसा छ भन्दैमा विकास हुन्छ भन्न सकिँदैन । पैसावालाहरु क्यासिनोमा गएर रित्तिन्छन् । आइडियावालाहरु आइडिया लगाएर विकास गर्छन् र पैसा कमाउँछन् । आइडिया मुख्य कुरा हो ।

चित्रमा देखाएको क्रिकेट रंगशाला बनाउँछु भन्नेहरुको बैंक ब्यालेन्स कति छ रु संकल्प गर्नेहरुको साथमा कति पैसा छ रु खल्तीमा चिया खाने पैसा छ कि छैन रु तर तीन अर्बको रंगशाला बनाउँछु भनेको छ । कत्रो विश्वास । फुटिकौडी साथमा नभएको मान्छेले रंगशाला बनाउँछु भन्यो । लगत्तै अर्कोले छेउबाट चिर्कटो लेखेर दियो, म तीन करोड दिन्छु । तँ आँट म पुर्‍याउँछु भनेको यही हो । एकतावद्ध भएर अगाडि बढ्यौं भने देश बनाउन सक्छौं ।

केही वर्षभित्र नेपाल नामको देशको पहिचान, परिचय परिवर्तन हुन्छ । यति सानो देशलाई केही वर्षभित्रै चिटिक्क पार्न सकिन्छ । अलिकति समय लाग्छ । रिंगरोडको बाटो बनाउँदा अलिकति धुलो उड्छ फेरि । धुलो उड्यो भनेर गाली आउँछ । बनाइसकेपछि गाली खाइँदैन । मेलम्चीको पानीमा अलिकति कचपच भएको छ ठेकेदार भागेर । वार्ता गर्न आउँदैछ । भोलि, पर्सि थाइल्यान्डमा कुरा हुन्छ । उसले बनाउला–नबनालउला तर, हामी बनाउँछौं । पानी ल्याउँदा फेरि अलिकति थोत्रा पाइप कचपच हुन्छन् । त्यो मिलाउँछौं । निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ । त्यसपछि असुविधाको अन्त्य गर्छौं ।

अब राजनीतकि शक्तिहरुबीच सहमति कायम गर्ने, पारस्परिक विश्वासको वातावरण बनाउने र अगाडि बढ्नेहो । असमझदारी भयो भने कस्तो हुँदोरहेछ भन्ने एउटा नमूना सुनाउँछु । जीपी कोइराला स्वासप्रश्वास केन्द्र तनहुँमा बनाउने भन्ने कुरा छ । मैले कसरी बनाउने भनेर नेपाली कांग्रेससँग कुराकानी गरौं भनेँ । शेरबहादुरजी, रामचन्द्रजीलाई भनेँ ।

यत्तिकै जीपी कोइरालाको नाममा बनाउने भनेको धेरै वर्ष भयो, पाइलो सरेको छैन । कसरी राम्रो बनाउने छलफल गरौं भनेको हुँ । म त राम्रै कुरा हुन्छ भनेको त ससदमा अवरोध पो भयो । साथीहरुले मलाई सोध्नुभयो, यथास्थितिमा राख्ने कि नराख्ने रु मैले भने यथास्थितिमा राख्ने भए त राखिहाल्थेँ,राम्रो बनाउने हो । साथीहरुले होइन, पाइँदैन, यथास्थितिमा राख्नुपर्छ भन्नुभयो । जहाँ केही छैन त्यसलाई यथास्थितिमा राखेर गर्ने के रु म अगाडि बढाउँ भन्छु, उहाँहरु यथास्थितिमा राखौं भन्नुहुन्छ । असमझदारी हुँदोहेछ ।

हामीलाई हस्पिटल, कलेज, विश्वविद्यालय, अनुसन्धान केन्द्र तालिम केन्द्र चाहिएको छ । अनि हामीलाई पूर्वाधारहरुको विकास चाहिएको छ, जसबाट रोजगारीका अवसर सिर्जना गर्न सक्छौं । जनशक्ति बाहिर नजाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *