खोटाङमा यात्रु बस दुर्घटना हुँदा १ को मृत्यु

   नयाँ दैनिक comment 0

बैशाख ३, काठकाडौँ । काठमाडौँबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रुवाहक बस सोमबार राती ११ बजे हलेसीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ना४ख ७४११ नंको बसमा चालक र सहचालकसहित १५ यात्रु सवार थिए ।

दुर्घटनामा घाइते बनेका राइको उपचारका क्रममा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको थियो । 

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *