गगन थापा आज पोखरामा गर्जिने

   नयाँ दैनिक comment 0

माघ २१, पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापा सरकार विरुद्ध पोखरामा गर्जिने भएका छन् । आज पोखरामा हुने विरोध प्रदर्शनमा सांसद थापा पोखरा आउने भएका हुन् ।

वर्तमान सरकारको सर्वसत्तावाद र अधिनायकवादी शैलीका विरुद्ध पोखराको महेन्द्रपुलमा विरोध सभा हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । ‘कम्युनिस्ट सरकारको चमत्कार–महंगी, भ्रष्टाचार र बलात्कार’को आरोप लगाउँदै कांग्रेसले पृथ्वीचोकबाट र्याली निकाल्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका विरुद्ध देशैभर प्रदर्शन गर्दैछ । सोही अनुसार केन्द्रीय सदस्य थापा पोखरा आउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *