गजल
मलाइ ढाँटेर गएउ
थुक चाटेर गएउ
अवसरको इस्पातले
साइनो काटेर गएउ
हिजो थियौ एउटै नदि
आज फाटेर गएउ
बेइमानको बजारमा
इमान साटेर गएउ
हनुमानको हुलमा
भाषण छाटेर गएउ
भजन जानेन क्या रे
‘आहत’लाइ झाटेर गएउ
(डा.राजेन्द्र चापागाईं ‘आहत’)
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *