सच्चा त्याग हो नारी

   मनु शर्मा comment 0

गजल

आफू बसेर भोकभोकै अमृत पिलाउन सक्ने
रोएर आफू भित्रभित्रै ऊ खुसीले गाउन सक्ने

नगर नारीलाई कहिल्यै त्यो वस्तुसँग तुलना
तिम्रो मन मन्दिरमा फूलैफूलले छाउन सक्ने

अवला नारी भनि कसले दियो झुट्टो उपनाम
आत्मविश्वास त्यतिनै छ चट्टान फुटाउन सक्ने

पिउँदै अमृत धारा त्यो हुर्कियौ आमाको काखमा
दियौ दासीको उपमा त्यै पनि मन रमाउन सक्ने

रुप अनेकौं भए पनि यहाँ सच्चा त्याग हो नारी
आमा दिदी–बहिनी संसारको भार उठाउन सक्ने

पोखरा–३०, खुदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *