गजल

   जनक पाण्डेय ‘प्रेमिल’ comment 0

एक छाक खान माम मुस्किल छ काठमाडौँमा 
सधैँ दुखै दुःख ए राम मुस्किल छ काठमाडौँमा ।

पाँच मिनेटमा पुग्नु छ घन्टौँ घन्टा लगाइदिन्छ
हैरान हुने यात्रा जाम मुस्किल छ काठमाडौँमा ।

गाउँदेखि सुन्दर सपना सजाइ सहर पस्नैपर्ने
धुलोसँगै मधुरो घाम मुस्किल छ काठमाडौँमा ।

महङ्गिले त आकास छुनै लाग्यो बरै कसरी बाच्नु
खर्च धानै न सकिने दाम मुस्लिल छ काठमाडौँमा ।

हिजोभन्दा आज आजभन्दा भोली गार्हो हुँदै जान्छ
न सकिने रछ बरै गर्नै काम मुस्किल छ काठमाडौँमा ।

न आफ्नो न पराइ कसैको वास्ता हुँदैन क्यारे यहाँ
यक्लै बस्नै बिपत्ती ठाम मुस्किल छ काठमाडौँमा ।

 

नयाँ बानेश्वर, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *