‘गण्डकी तारा–२०७५’ को उपाधि बराललाई

   नयाँ दैनिक comment 0

पुस १७, लेखनाथ । ‘१५औँ लेखनाथ महोत्सव–२०७५’ द्वारा आयोजित ‘गण्डकी तारा–२०७५’ को उपाधि निशान बरालले प्राप्त गरेका छन् । पोखरा–३० खुदीका २० वर्षीय बरालले ४३ जना प्रतिष्पर्धीलाई पछि पार्दै एकल गायनतर्फको प्रथम स्थान हासिल गरेका हुन् । सो पुरस्कारको राशी नगद रु.५० हजार रहेको छ ।

 

सानैदेखि गायनमा रुचि देखाउँदै निरन्तर सक्रिय बराल पोखरा विश्वविद्यालयमा स्नातक तह दोस्रो वर्षमा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् । पढाइसँगै उनले त्रिवेणी संगीतालयमा म्युजिक पनि सिकिरहेका छन् । उपाधि प्राप्त गरेपछि गायक बरालले खुसी हुँदै प्रतिक्रिया दिए, ‘उपाधिले मलाई गायनप्रति लाग्न थप हौसला प्रदान गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *