गरीब र धनीबीचको खाडल अचाक्ली बढ्यो

२६ जना सर्वाधिक धनीसँग संसारका आधाभन्दा बढी गरीबसँग भन्दा धेरै सम्पत्ति
   नयाँ दैनिक comment 0

माघ ८, काठमाडौँ । संसारभरी नै गरीब र धनीबीचको खाडल अचाक्ली बढेको छ । संसारका २६ अर्बपतिसँग ३ अर्ब ८ करोड गरीबसँग जति सम्पत्ति रहेको एक तथ्यांकले देखाएको छ । धनीमानीको वार्षिक भेला हुने डावोसमा नेताहरू एकत्रित भइरहेकै बेला सार्वजनिक एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले धनी र गरिबको खाडल अचाक्ली बढिरहेको देखाएको हो ।

अक्सफाम’ नामक अन्तर्राष्ट्रिय संस्थाका अनुसार २६ जना सर्वाधिक धनीसँग संसारका आधाभन्दा बढी गरीबसँग भन्दा धेरै सम्पत्ति छ । उसको विश्लेषणात्मक प्रतिवेदनको निष्कर्ष छ–धनी झन् धनी हुँदै गएका छन्, गरिब झन् गरिब हुँदै गएका छन् ।

बढ्दो खाडल कम गर्न धनीहरूलाई एक प्रतिशत मात्रै सम्पत्ति कर लगाउने हो भने प्रतिवर्ष ४ खर्ब १८ अर्ब डलर उठाउन सकिने तर्कसाथ उसले भनेको छ, ‘त्यति रकमले विद्यालय जान नपाउने हरेक बालबालिकालाई पढाउन र ३० लाखलाई मृत्युबाट बचाउन मनग्य हुन्छ ।’ नेपालकै कुरा गर्ने हो भने हुनेले सजिलै कमाउने र नहुनेको खल्ती केही गरी नभरिने अवस्थामा तात्विक भिन्नता आएको छैन  ।

प्रतिवेदनले विश्वका आर्थिक राष्ट्र तथा शक्तिशाली कम्पनीका प्रमुख कार्यकारीहरूलाई केही चस्का भने पक्कै दिन्छ । गरिब देशहरूका सरकार प्रमुख पनि आक्कलझुक्कल पुग्छन् र लगानीको गुहार माग्छन्  । ५० वर्षदेखि स्विट्जरल्यान्डको सुरम्य हिमाच्छादित पहाडमा हुँदै आएको विश्व आर्थिक मञ्चको बैठकमा पहिलोपल्ट नेपालका प्रधानमन्त्री त्यही आशय बोकी सरकारी टोलीसाथ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *