गाडी दुर्घटनाबाट एसपीको निधन, सिडिओ घाइते

   नयाँ दैनिक comment 0

माघ १२, काठमाडौँ । पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईको गाडी दुर्घटनामा परेको छ। सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो।

गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ सवार गाडी पथलैया निजगढ सडक खण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो । सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो।

गाडी सडकबाट १० मिटर तल खसेको छ। गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *