गायक पशुपति शर्माले पुरस्कार पाउने

   नयाँ दैनिक comment 0

फाल्गुण ६, काठमाडौँ । लोकदोहोरी गायक पशुपति शर्माले रु. २५ हजार पुरस्कार पाउने भएका छन् । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु’ उनले भने । दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए ।

सिंहले भने ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *