गायक बद्री पगेनीको सरकारसँग प्रश्न : सिके दाइलाई अँगालोमा विप्लव किन पाखा ?

विप्लवमाथिको प्रतिवन्ध तत्काल फिर्ता गर्न आग्रह
   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । लोकदोहोरी गायक बद्री पगेनीले विप्लवमाथिको प्रतिवन्ध तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । द्वन्द्वबाट अहिलेसम्म कुनै देश नबनेको बताउँदै पगेनीले बुधबार बिहान फेसबुकमार्फत ध्वंस होइन विकास निर्माण रोज्न समेत सुझाव दिएका छन् ।

वार्ता अनि संवादबाटै सहमति खोजिनुपर्ने र अब देश बम बारुधको गन्ध नसहने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । ‘सिके दाइलाई अँगालोमा विप्लव किन पाखा ?’ पगेनीको प्रश्न छ । आफूहरुलाई हिजो लागेको प्रतिवन्ध स्मरण गर्न पनि उनले नेताहरुलाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *