‘गुगल’लाई इयूले १ अर्ब ८६ करोड जरिवाना लगायो

   नयाँ दैनिक comment 0

चैत ७, काठमाडौँ । युरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ । प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाइएको हो ।

दुई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा जरिवाना लगाएको यो तेस्रो पटक हो । गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितीको दुरुपयोगका कारण लगाइएको हो । यसमार्फत् गुगलका प्रतिद्वन्द्वी कम्पनीले आफ्नो विज्ञापन यी वेबसाइटमा दिन रोकियो ।

गत वर्षको जुलाईमा पनि यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *