गुल्मी जीप दुर्घटनामा पूर्वसांसद सहित अरु दुईको मृत्यु

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । गुल्मीको दर्लीनबाट तम्घास जाँदै गरेको जीप बाग्लुङ्ग-गुल्मी सीमानामा दुर्घटना हुँदा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

२०४७ सालमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं ३ बाट निर्वाचित पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी सहित अन्य दुईको मृत्यु भएको हो ।

लु १ ज १५५७ नंबरको जिपमा १० जना यात्रु सवार थिए । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार गर्न लगिएको जनाइएको छ । अन्य दुई मृतकको भने सनाखत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *