गोरखाको पालुङटारमा ‘लिगलिग महोत्सव’ हुने

   नयाँ दैनिक comment 0

माघ ६, काठमाडौँ । पालुङटार नगरपालिकामा पहिलो पटक ‘पालुङटार लिगलिग महोत्सव’ हुने भएको छ । द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुन लागेको हो । पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालुङ्टार बजार इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए । महोत्सव आगामी फागुन ३ गते देखि १२ गतेसम्म चल्नेछ।

पालुङ्टार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड पोखरा, आदिवासी जनजाति महासंघ नगर परिषद पालुङ्टारको सहयोगमा महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ । ‘पालुङ्टारमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनु नै महोत्सवमो मुख्य उद्देश्य हो’ देवकोटाले भने, ‘महोत्सव आयोजना गरेर बचेको रकमले पालुङ्टारमा बहुउद्देश्यीय सभा हल निर्माण गर्ने लक्ष्य राखेका छौँ। महोत्सव स्थलमा १०० भन्दा बढी स्टल हुनेछन्’ देवकोटाले भने ।

च्याङ्लीटारको मास, धुवाँकोटका केरा, अदुवा जस्ता स्थानीय उत्पादन तथा अन्य उपभोग्य सामाने स्टलमा स्थान पाउने आयोजकको भनाई छ। महोत्सवमा ख्याति प्राप्त कलाकारको प्रस्तुति समेत रहनेछ। मेलाकै अवसरमा लिगलिगकोटबाट प्याराग्लाइडिङ उडाउने तयारी पनि आयोजकले गरेको छ। महोत्सवस्थलमा ७० वर्ष कटेका वृद्धवृद्धालाई भने निःशुल्क प्रवेश पाउनेछन् । विद्यार्थीका लागि रु.३० र सर्वसाधारणका लागि रु.५० मात्रै शुल्क लाग्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *