घरपोझोङमा कालिगण्डकी नदी थुनियो

   नयाँ दैनिक comment 0

माघ ९, पोखरा । घरपझोङ गाउँपालिका मुस्ताङमा कालीगण्डकी नदी थुनिएको छ । भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो ।

बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २, ३ सय मिटर जमिन भासिएर नदी थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन् । उनीहरुले पहिरोसँगै झरेको रुखहरु हटाएपछि नदीले माटो बगाउन थालेको छ । सुरक्षाकर्मीहरुले रुखविरुवा हटाएपछि पानी बग्न थालेको र खतरा नरहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *