घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

   नयाँ दैनिक comment 0

बैशाख १६, सप्तरी । सप्तरीका एक वडाध्यक्ष सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेपछि मियाँमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *