सरकार छाड्ने फोरमको चेतावनी

   नयाँ दैनिक comment 0

माघ २२, काठमाडौँ । सत्तारुढ दल संघीय समाजवादी फोरमले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा सरकार गम्भीर नबने सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ । सरकारमै बसे पनि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको समेत प्रमुख सचेतक उमाशंकर अगरियाले बताएका छन् ।

कानुन निर्माणमा भइरहेको ढिलाइ, भ्रष्टाचार, अनियमितताको सशक्त विरोध गर्ने दायित्व प्रमुख प्रतिपक्षी दलको भए पनि कांग्रेसले नसकेपछि सत्तारुढ भएर पनि प्रतिपक्षको भूमिका आफ्नै पार्टीले खेलेको समेत उनको दावी छ ।

संविधान संशोधन, वाइडवडीमा भएको भ्रष्टाचार, प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको अनावश्यक अधिकारजस्ता विषय टुंगो नलागे आफूहरू सरकारबाट फिर्ता हुने चेतावनी अगरियाले दिए । यस विषयमा छलफल गर्न पार्टी फोरम संसदीय दलको बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *