चट्‍याङ्गमा परि बारामा ६ जना घाइते

   नयाँ दैनिक comment 0

बैशाख ४, काठमाडौँ । बारमा जिल्ला कलैया उपमहानगरपालिका-१३स्थित इँटा उद्योगमा चट्‍याङ्ग पर्दा त्यहाँ कार्यरत ४ जना मजदुर सहित अन्य ६ जना घाइते भएका छन् । चट्याङ लागेर मजदुरहरु बस्ने छाप्रोमा आगलागी समेत भएको थियो । छाप्रोमा लागेको आगो कलैया उप‍महानगर पालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

घाइते हुनेमा बारा कोतवालीका नैमुद्दिन अन्सारी सोही स्थानकी ६० वर्षीया सल्मा खातुन रहेका छन भने, अन्य चार जना बिहार सीतामढीका कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम र जितन पासवान रहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *