युरोपा लिगमा चेल्सी र आर्सनलको जित

   नयाँ दैनिक comment 0

चैत १, काठमाडौँ । युरोपियन फुटबलको अर्को चर्चित प्रतियोगिता युरोपा लिगमा ईङ्गलिस दुई फुटबल क्लबले प्रि-क्वाटर फाईनलको अन्तिम खेलमा जित दर्ता गर्न सफल भएका छन् । गए राती युक्रेनको किभमा भएको खेलमा चेल्सीले घरेलु टोली डाएनामो किभलाई ५-० गोल अन्तरले पराजीत गरि समग्रमा ८-० को जीत निकाल्दै युरोपा लिगको अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

चेल्सीले जीतका लागी ओलिभर जिरुडको ह्याट्रिकको मद्धतमा मार्कोस अलन्सो र हड्सन ओडोईले १–१ गोल थपेपछि सानदार जीत निकाल्न सफल भएको हो ।

त्यस्तै गरि आर्सनलले पनि ईमिरेट्स स्टेडियममा ३-०ले पराजीत गर्दै समग्रमा ४-३को जीत निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ, जसका लागि यो सिजन जर्मनको डर्टमण्डबाट आर्सनल आएका ईम्रिक अबुमयाङ्गले दुई गोल गरेका थिए भने एन्स्ले नाईल्सले एक गोल गरेका थिए ।

गएराती भएको अन्य खेलमा पोर्चुगलको बेन्फिकाले क्रोसियाको डाएनामो जर्गेभलाई ३-० गोल अन्तरले पराजीत गर्यो भने, ईटालीएन क्लब ईन्टरमिलान जर्मन फ्याङ्गफ्रटसंग १-०ले स्तव्ध हुन पुग्यो ।भिल्लारियलले जेनिथ पिटर्सवर्गलाई २-०ले हराउदा, सेभिल्ला भने सालभिया प्रगसंग ४-३ गोल अन्तरले पराजीत हुन पुग्यो ।

त्यसै गरि क्रास्नोदर र भ्यालेन्सिया बिचको खेल भने १-१ गोलको बराबरीमा टुङ्गिए पनि भ्यालेन्सीया समग्रमा ३-२ गोलले अगि हुदै क्वाटर फाईनलला पुग्न सफल भयो ।

ईङ्ग्लिस टोली चेल्सी र आर्सनलसंगै ईटालीको नापोली, स्पेनबाट भ्यालेन्सिया, र भियारियल, त्यसै गरि बेन्फिका, साल्भिया प्रग र फ्याङ्गफ्रट पनि युरोपा लिगको क्वाटर फाईनलमा पुगेका छन् । फोटो : गुगलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *