चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । प्रिमियर लिग अन्तरगत हिजो भएको खेलमा चेल्सीले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगमा छनोट हुनका लागि चेल्सीसँगै टोटनहम्, आर्सनल र म्यानचेस्टर युनाइटेड पनि संघर्षरत छन् ।

खेलको २४औँ मिनेटमा बेल्जियन फर्वाड इडेन हजार्डले आकार्षक गोल गर्दै चेल्सीलाई १-०को अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाउन सफल भए । पोस्टम्याच कन्फ्रेन्समा चेल्सीका व्यवस्थापक माउरिसियो सारीले इडेन हजार्डलाई कसैले पनि रिप्लेस गर्न नसक्ने बताएका छन् ।  सारीले भने- ‘उनि एक कुशल खेलाडी हुन् र चेल्सीले हजार्डलाई गुमाउन चाहन्न’ ।

यो जितसँगै चेल्सी ३३ खेलबाट ६६ अंकका साथ प्रिमियर लगको तेस्रो स्थानमा पुगेको छ । त्यस्तै  टोटनहमको ६४, आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक सहित क्रमश लिगको चौथो, पाँचौ र छैठौँ स्थानमा रहेका छन् । लिगको पहिलो स्थानमा लिभरपुल छ भने दोस्रोमा म्यानचेस्टर सिटी रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *