चैतभित्र हतियार नबुझाए विप्लव जेल बस्छन् : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र विप्लव समूहले हतियार नबुझाए जेलमा कोच्ने बताएका छन् । संसद भवनमा बसेको नेकापा संसदीय दलको वैठकलाइ सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले हिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहलाई चैत सम्मको अल्टिमेटम दिएको जानकारी दिए ।

विप्लव समूहले हँसिया हथौडाको झण्डा र कम्युनिस्ट पार्टीको नाम राखेर विकास निर्माणका काममा अवरोध गर्दै सरकारलाइ असफल पार्न खोजेको आरोप पनि लगाएका छन् ।

कतिपयले कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले यस्ता क्रियाकलापलाइ सरकारले छुट नदिने समेत चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *