च्याम्पिएन्स लिग र रोनाल्डोको चमत्कार

   राम न्यौपाने comment 0

गत हप्ताको मंगलबार र बुधबार युरोपेली च्याम्पिएन्स लिगमा सनसनीपूर्ण खेलहरुको मजा दर्शककले लिन पाए । स्पेनको म्याड्रिडमा ईटालीएन जाईन्ट जुभेन्टसले राउण्ड १६को पहिलो लेगमा २-०को गोल अन्तरले खेल सक्काए पछि दोस्रो लेगमा क्रिस्टियानो रोनाल्डोको प्रदर्शन म्याड्रिडमा जस्तै भयो भने च्याम्पिएन्स लिगबाट जुभेन्टस बाहिरिने छ र मिसिमिलानो एलेग्रिलाई पुरानै आलोचना सुन्न बाध्य बनाउछ भन्ने फुटबल पण्डितहरुको बिस्लेषण रहेको थियो ।

तर यतिमा मात्र बिस्लेषकहरु सहमत थिएनन्, उनिहरुलाई थाहा थियो कि, रोनाल्डो भएको टोलीले हार स्वीकार्ने संभावना कमै हुन्छ र रोनाल्डो आफ्नो टोलीलाई जिताउन सक्षम पनि छन् । यस्तै हारपछि धेरै पटक च्याम्पिएन्स लिगमा आफ्नो टोलीलाई कमब्याक गराएका कारण रोनाल्डोसंग आशा गर्ने दर्शकहरु धेरै थिए ।

रियल म्याड्रिडमा छँदा लगातार तीन पटक र जम्मा चार पटक च्याम्पिएन्स लिग जिति म्यानचेस्टर युनाइटेड सहित समग्रमा पाँच पटक यो उपाधी चुमेका रोनाल्डो यसै कारण पनि च्याम्पिएन्स लिगको चर्चाका पात्र हुन । पाँच पटक फिफा बर्ष खेलाडी तथा पाँच पटकनै बालोन डि ओर जितेका रोनाल्डो यिनै असाधारण क्षमताका कारण विश्व फुटबलमा राज जमाई रहेका छन् ।

रियल म्याड्रिडबाट ईटालीयन क्लब जुभेन्टसमा आवद्ध भए पश्चात् मिसिमिलानो एलेग्री र जुभेन्टसका दर्शकमा पनि नया आशा भरिएको छ र त्यो आशा भनेको च्याम्पिएन्स लिग जितेर मात्र पुरा हुनेछ । हो त्यै आशामा रहेका फ्यान र क्लबका पदाधिकारीहरुलाई मात्र नभएर पुरै फुटबल प्रशंसकलाई खुसी पार्दै स्पेनको एट्लेटिको म्याड्रिडलाई ह्याट्रिक हान्दै समग्रमा ३-२ गोल अन्तरले बिजयी भएर क्वाटर फिनालेमा स्थान बनाउन सफल भयो जुभेन्टस, जसकालागि रोनाल्डोको चमत्कारिक गोल गर्ने शैलीले फेरि पनि धेरैलाई आश्चार्यचकित बनाईदियो र डिएगो साईमन र उनको टोलिलाई च्याम्पिएन्स लिगबाटै घर फिर्ता पठाईदियो ।

उता रोनाल्डोको पुर्व क्लब रियल म्याड्रिडमा उनको अभाव खड्किएको प्रष्ट देख्न सकिन्छ । सेन्टियागो सोलारीबाट धेरै आशा गरेका दर्शकले च्याम्पिएन्स लिगबाट आउट हुन परेपछि जिदाने र रोनाल्डोलाई मिस गरिरहेको आभाष धेरैले गरिरहेका छन् । रियल म्याड्रिडको ड्रेसिङ्ग रुममा समेत उनीहरुलाई सम्झिरहने गरिरहेको खेलाडिहरु बताउछन, क्याप्टेन सर्जियो रामोस र क्लबका अध्यक्ष पेरेजको भनाभन भएका समाचारहरु पनि बाहिर आइ रहेका छन् । हुन पनि तेस्तै भयो, रियल छोडेर जुभेन्टस लागेका रोनाल्डो आफुलाई ईटालीमा पनि साबित गर्न सफल भएका छन् भने रोनाल्डो बिनाको रियल ला-लिगा, कोफा डेल रे र च्याम्पिएन्स लिग सबैतिर निरीह भई रहेको छ ।

च्याम्पिएन्स लिगको दोस्रो लेगमा तिन गोल गरेर पहिलो लेग जित्दा डिएगो साईमनले खुसियाली मनाएकै शैलीमा सेलेब्रेसन गरेको बिषयमा भने रोनाल्डोलाई एक खेलमा प्रतिबन्ध लाग्न सक्ने समाचारहरु ला गेजेट्टो डेल स्पोर्टको हवला दिदै बाहिरी रहेका छन् । यस्तो भएमा रोनाल्डो र जुभेन्टसलाई असर पर्न सक्ने सम्भावनाको आंकलन पनि गरिएको छ, यध्यपि कार्वाहि हुने नहुने भन्ने एकिन युएफाले भने गरिसकेको छैन ।

च्याम्पिएन्स लिगको पनि च्याम्पिएन भनेर चिनिएको रियल म्याड्रिडको साखलाई जोगाउन महत्वपूर्ण योगदान गरेका रोनाल्डो टोलिलाई आवश्यक परेका बेला जीत दिलाउन सक्ने खेलाडी हुन भनेर फेरी पनि खेल मार्फत पुष्टी गरिदिएका छन् तर यो पटक भने उनको पुष्टी रियलमा नभएर ईटालियन क्लब जुभेन्टसमा हुन पुग्यो ।

रियलमा पूनः जिनेदिन जिदानेको आगमनसंगै केहि उर्जा भरिए पनि यो पटक जिदानेलाई पहिलो पटक क्लब सम्हालेको जस्तो सहजता नहुन सक्छ । पहिलो पटक जिदाने क्लबमा आवद्ध हुदा च्याम्पिएन्स लिगबाट नबाहिरिएकोले उनले पहिलो म्यानेजरीयल करियरमा च्याम्पिएन्स लिग जिताउन सफल भए । तर यो पटकको लागी भने जिदानेसंग यो अवसर बाकि रहेको छैन । बरु रोनाल्डोको स्थानमा अर्को खेलाडी क्लबमा भित्र्याएर फेरी अर्को पटक युरोपीयन फुटबलमा तहल्का मच्चाउने योजनामा जिदाने हुनेछन् ।

वर्षौँदेखिको च्याम्पिएन बन्ने धोको रोनाल्डो मार्फत पुरा भयो भने जुभेन्टसको लागि पनि गर्वको क्षण हुनेछ यो सिजन अनि रोनाल्डोको लागि पनि तिन फरक(फरक क्लबबाट च्याम्पिएन लिग जित्ने खेलाडी बन्ने सौभाग्य हुनेछ । कोपा ईटालिबाट बाहिरिएको जुभेन्टसलाई च्याम्पिएन बन्नबाट रोक्न कठिन हुनेमा पहिलो कारण रोनाल्डोनै हुन भनेर ईंग्लिस च्याम्यिएन्स म्यानचेस्टर सिटिका प्रशिक्षक पेप गोर्डवालाले सार्वजनिक रुपमै बताईसकेका छन् ।

ईंग्लिस क्लबका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, टोटनहम् र लिबरपुल चार टिमनै यो पटक क्वाटर फिनालेमा स्थान बनाउन सफल भएका छन भने स्पेनबाट बार्सिलोना, नेदरल्याण्डबाट आयाक्स, पोर्चुगलबाट पोर्टो तथा ईटालिबाट जुभेन्टस क्वाटर फिनालेमा प्रतिस्पर्धा गर्ने छन् । म्याड्रिडमा हुने फिनालेका लागि आगामी शुक्रबार स्वीजरल्याण्डमा क्वाटरफिनालेको ड्र हुदैछ ।

यो नै च्याम्पिएन हुन्छ भन्न नसकेता पनि एटलेटिको म्याड्रिडलाई हराउन तिन गोल गरेका क्रिस्टियानो रोनाल्डो प्रति सबै टोलीहरुको ध्यान जानेमा भने कसैको दुईमत रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *