च्याम्पिन्स लिग : रोनाल्डोको गोल, जुभेन्टस बराबरीमा रोकियो

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा हिजो राती भएको आयाक्स विरुद्द जुभेन्टसको खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् ।

नेदरल्याण्डको जुवान क्रुफ एरिनामा जुभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा जोय कन्सिलोको क्रसलाई उत्कृष्ट हेडमार्फत गोल गर्दै जुभेन्टसलाई १-०को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नै आयाक्सका डेभिड नरेसले गोल गर्दै जुभेन्टससँगको खेल बराबरीमा ल्याउन सफल भए । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल १-१को बराबरीमा सकिएको हो ।

च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनल खेल आगामी साता अप्रिल १६ तारिख जुभेन्टसको होम ग्राउण्डमा हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *