च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । युरोपको सर्वोत्कृष्ट क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै छ । आजराती नेपाली समय अनुसार पौने एक बजे क्वाटरफाइनलका दुई खेलहरु हुने छन् ।

प्रिमियर लिगका ३ टोली आजराती नै प्रतिस्पर्धामा उत्रने छन् । लिभरपुलले पोर्चुगिच क्लव पोर्टोसँग आफ्नो होममा खेल्ने छ, साथै टोटनहम र म्यानचेस्टर सिटीको क्वाटरफाइनलको पहिलो लेग टोटनहमको नयाँ रंगशालामा हुनेछ ।

युरोपका टप फुटबल क्लवहरुको प्रतिस्पर्धामा यो पटक डिफेण्डिङ्ग च्याम्पियन रियल म्याड्रिड भने आयाक्ससँगको प्रि-्क्वाटरफाइनल खेलबाटै आउट भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *