च्याम्पियन्स लिगबाट बाहिरियो जुभेन्टस आयाक्सको उत्कृष्ट प्रदर्शन

मेस्सीको जादुमा बार्साले म्यानचेस्टरलााइ पराजित गर्यो
   नयाँ दैनिक comment 0

बैशाख ४, काठमाडौँ । च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा पराजित हुँदै जुभेन्टस बाहिरिएको छ । इटालीको एलिनाज स्टेडियममा भएको खेलमा नेदरल्याण्डको आयाक्सले जुभेन्टसलाई २-१ गोलले पराजित गरि सेमिफाइनलमा स्थान बनाएको हो ।

खेल सुरु भएको २८औँ मिनेटमा जुभेन्टसका क्रिस्टियानो रोनाल्डोले मिरालेम प्यानिकको कर्नर बललाई हेड मार्फत गोल गरि अग्रता लिए पनि आयाक्सले ३४औँ मिनेटमा भान डे बीकको गोलमा बराबरी गरेको थियो । खेल अवधिभर जुभेन्टसलाई दवावमा राखेको आयाक्सले ६७औँ मिनेटमा डे लाईटको गोल  मार्फत खेल २-१ को अवस्थामा पुर्‍यायो र च्यामपियन्स लिगबाट जुभेन्टसलाई आउट गराउन सफल भयो । यो जितसँगैआयाक्स समग्रमा ३-२ गोल अन्तर सहित सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । 

च्यामपियन्स  लिगकै अर्को खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-०ले पराजित गरेको छ । लियोनेल मेस्सीले १६ र २० मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सालाई पहिलो हाफमा २-०को अग्रता दिलाएका थिए । दोस्रो हाफको ६१औँ मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्‍यो । बार्सा समग्रमा ४-० गोल गर्दै च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *