च्याम्पियन्स लिगमा आज जुभेन्टस र आयाक्स तथा बार्सिलोना र म्यानयु प्रतिस्पर्धा गर्दै

   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तरगतको दोस्रो क्वाटरफाइनल खेल नेपाली समय अनुसार आज राती पौने एक बजेबाट सुरु हुने छ । 

जुभेन्टसको टुरिनमा हुने दोस्रो लेगमा आयाक्लाई जितेमा वा बराबरीमा मात्र रोक्न सके जुभेन्टस सेमिफाइनलमा पुग्ने छ । च्याम्पियन्स लिगकै लागि भनेर जुभेन्टसका म्यानेजर मिसिमिलानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोलाई सिरि एको पछिल्लो खेलमा आराम दिएका थिए ।

जुभेन्टसले पहिलो लेग १-१को बराबरी गरेको छ भने आयाक्सले सेमिफाइनलमा स्थान बनाउन जुभेन्टसलाई जित्नै पर्ने वा १-१ गोल भन्दा बढि गोलमा बराबरी गर्न पर्ने हुन्छ ।

 

उता बार्सिलोनाको नाउक्याम्पमा हुने म्यानचेस्टर युनाइटेड बिरुद्धको खेलमा बार्सिलोना सहज स्थितिमा छ । अघिल्लो लेगमा १-० गोल अन्तरले म्यानयुलाई पराजित गरेको बार्साले सेमीफाइनलमा स्थान बनाउन बराबरी खेले मात्र पुग्ने छ । तर पिएसजीलाई उसकै मैदानमा हराएर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आइपुगेको ओले गनरको टोली पेरिसमा जस्तै खेल दोहोर्‍याउने उपाएको खोजिमा हुनेछ ।

ला-लिगाको पछिल्लो खेलमा च्याम्पियन्स लिगकै लागि भनेर भलभेर्डेले लियोनेल मेस्सी तथा लुइस स्वारेजलाई  आराम दिएका थिए । म्यानचेस्टर युनाइटेले सेमिफाइनलमा पुग्नका लागी कम्तिमा २-१ गोल अन्तरले बार्सालाई पराजित गर्नु पर्ने हुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *