च्याम्पियन्स लिग : लिभरपुलले जित्दा म्यानचेस्टर सिटी भने टोटनह्यामसँग पराजित

   नयाँ दैनिक comment 0

चैर २७, काठमाडौँ । च्याम्पियन्स लिग अन्तरगत भएको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल र टोटनह्यामले जित निकालेका छन् । हिजो राती भएको खेलमा लिभरपुलले पोर्टोलाई २-० गोलले तथा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेका हुन् ।

एन्फिल्ड रंगशालामा ५२ हजार ४ सय ६५ दर्भशकमाझ एको खेलमा लिभरपुलले ५औँ मिनेटमा नै पोर्टो विरुद्द नावी केइटाको गोल मार्फत अग्रता लिएको थियो । पहिलो हाफको २६औँ मिनेटमा ब्राजिलियन खेलाडी फर्मिनोले दोस्रो गोल गर्दै  लिभरपुललाई जित दिलाउन महत्त्वपूर्ण योगदान गरे । 

टोटनह्यामको नयाँ रंगशालामा भएको च्याम्पियन्स लिगको अर्को खेलमा म्यानचेस्टर सिटीलाई टोटनह्यामले १-० गोल अन्तरले पराजित गरेको छ । डेनी रोजले डिवक्सभित्र स्ट्रलिङ्गले प्रहार गरेको बललाई हातले रोकेपछि म्यानचेस्टर सिटीले पेनाल्टी प्राप्त गरेको थियो । तर सिटीका सर्जियो अग्वुरोले हानेको पेनाल्टी टोटनह्यामका गोकिपर ह्योगो लोरिसले उत्कृष्ट पञ्च मार्फत गोल हुनबाट रोकेका थिए ।

दोस्रो हाफको ५८औँ मिनेटमा टोटनह्यामका फर्वाड ह्यारी केन घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । खेल सकिनुभन्दा १२ मिनेट अगाडि साउथ कोरियन खेलाडी सन हिउन मिनले फिनिसिङ्ग लाईनबाट बाहिरिन लागेको बललाई उत्कृष्ट ढंगले नियन्त्रणमा लिएर गोल गर्दै टोटनह्यामलाई जिताउन सफल भए । 

 

 

 

 

 

 

 

 

च्याम्पियन्स लिगकै अन्य दुई खेल आज राती पौने एक बजे आयाक्स विरुद्द जुभेन्टस तथा म्यानचेस्टर युनाइटेड विरुद्द बार्सिलोनाको विचमा हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *