छोरीको बिहेमा अमेरिका पुगे जनार्दन

   नयाँ दैनिक comment 0

पुस ९, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा छोरीको बिहेका लागि अमेरिका पुगेका छन् । छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गर्ने भएपछि शर्मा अमेरिका पुगेका हुन् । कविता र आलोकको बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका गएका हुन् । बिहेपछि शर्माको नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ ।

कविता र आलोकको चिनजान कलेज पढ्दादेखि नै थियो । उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेका थिए । तर, पछि आलोक सातदोबाटोस्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले । यसबीचमा कविताले एमबीबीएस पढ्ने भनेर त्यसको तयारी गर्न थालिन् । तर, सफल भइनन् । यसबाट कविताको एक वर्ष ‘लस’ भयो, जसले गर्दा सँगसँगैका सहपाठी कविताभन्दा आलोक एक वर्ष सिनियर हुन पुगे ।

स्रोतका अनुसार बिहे दुवै परिवारको सहमतिमा भएको हो । कलेज पढ्दादेखि नै कविता र आलोकको प्रेम सम्बन्ध थियो । यो कुरा दुवैका अभिभावकलाई थाहा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *