जति राम्रो गरे पनि देखिँदैन किन होला ?

   पुष्पा धमला comment 0

गजल

जति राम्रो गरे पनि देखिँदैन किन होला
मीठो बोली वचन मेरो सुनिँदैन किन होला

जताततै खोजेँ मैले मेरो भाग्य लेख्ने मसी
धेरै दुःख सही खोज्दा भेटिँदैन किन होला

छैठीमा भावीले कोर्ने बेला अभागी धर्को
कोही कसैबाट पनि छेकिँदैन किन होला

हात हेराउँदा जोतिषीले हस्तरेखा छैन भन्छ
मेरा हातमा हस्त रेखा कोरिँदैन किन होला

दिन दशा बिग्रेपछि कसैको केही नलाग्दो रैछ
दशा लाग्नुपूर्व भगवान् सोचिँदैन किन होला ?

पुष्पा धमला (ओखलढुङ्गा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *