असार १६,काठमाडौँ। नेकपाको राजनीतिक कार्यदिशा आगामी महाधिवेशनसम्मका लागि जनताको जनवाद रहने भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदनको भाषा परिमार्जन गरेका हुन्। ‘उहाँहरुले पछिल्लो समझदारी अनुसार राजनीतिक प्रतिवेदनमा अबको कार्यदिशा जनताको जनवाद हुने गरी परिमार्जन गर्नुभएको छ’ दुई अध्यक्षको आइतबारको छलफलको बारेमा केन्द्रीय सचिवालयका एक नेताले बताएको समाचार नया पत्रिका दैनिकमा छापिएको छ।
‘अब बस्ने सचिवालयको बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजनको समेत छलफल हुन्छ’ सचिवालय सदस्यले भने। यसैबीच अध्यक्षद्वय प्रचण्ड र ओलीबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुइ अध्यक्षबीचमा दलको प्रतिवेदनको भाषा परिमार्जनको विषयलाई लिएर छलफल केन्द्रित रहेको बताए।