जनतालाई आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद हो : प्रियंका गान्धी

   नयाँ दैनिक comment 0

बैशाख १६, काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धीले जनतालाई आदर गर्नु नै सबैभन्दा ठूलो राष्ट्रवाद भएको बताएकी छिन् । महासचिवमा नियुक्त भएलगत्तै सार्वजनिक कार्यक्रममा हिँड्न थालेकी गान्धीले भनिन्, ‘जनताको समस्या हल गर्नु राष्ट्रवाद हो । यद्यपी, यहाँ यस्ता मानिसहरु छन् जसले आवाज उठाउँदा त्यसलाई दबाइदिन्छन् । यो न त लोकतन्त्र हो न नै राष्ट्रवाद ।’

चुनावमा रोजगार, शिक्षा, बेरोजगारी, स्वास्थ्य नै उनको पार्टीको मुद्दा भएको समेत उनले दावी गरेकी छिन् । झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन् भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *