जनयुद्धका घाइतेको अनशन तोडियो, ४ बुँदे सहमति

   नयाँ दैनिक comment 1

पुस ९, काठमाडौँ । बिगत दुई हप्तादेखि आमरण अनसनरत जनयुद्धका घाईते तथा अपाङ्ग योद्धाहरुको अनशन तोडिएको छ । नेपाल सरकार गृहमन्त्रालयसँग ४ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् । अनशन आजैबाट तोडिएको र घाईतेको उपचार पनि सुरू भएको वाइसियल नेपालका महासचिव सुवोध सेर्पालीले जानकारी दिए ।

सहमतिको लागि पहल गर्ने युवा नेता लेखनाथ न्यौपाने र रामप्रसाद सापकोटालाई सामाजिक सञ्जालमार्फत सेर्पालीले धन्यवाद समेत दिएका छन् । नेता न्यौपाने र सापकोटाले सहमतिको प्रयास गर्दै आएका थिए । आन्दोलनको विषय तत्कालिन माओवादी वृत्तमा चिन्ता र चासोको विषय बनिरहेको थियो ।

One thought on “जनयुद्धका घाइतेको अनशन तोडियो, ४ बुँदे सहमति”

  1. G Thapa says:

    Ramr.
    sahamati palana hos.

Leave a Reply

Your email address will not be published. Required fields are marked *