जन्मनुभन्दा पहिले नै नागरिकता !

   नयाँ दैनिक comment 0

चैत २०, झापा । नागरिकता सामान्य कुरा होइन । कुनै देशको नागरिक हो भन्ने सक्कली प्रमाण हो । कतिपयले नागरिकता पाउन दिनहुँ कार्यालय धाउने गरेका छन् । केको आधारमा नागरिकता दिने भनेर पनि धेरै वहस भए । राजनीतिक परिवर्तन र संघर्षका कारण अहिले आमाको नामबाट नागरिकता पाउन सकिनेसम्म बनेको छ । तर झापा जिल्लाले भने मान्छे जन्मनुअघि नै नागरिकता दिएको छ ।

तत्कालीन मेची अञ्चल, झापा जिल्ला, पथरीया गाविस.– वडा नं ८ का जगत वहादुर चुहानका छोरा वम वहादुर चुहानको भने जन्म मिति बि.स. २०९६ छ । उनलाई ०५३ साल पुस २९ गतेको निर्णय अनुसार झापा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको देखिन्छ ।

४५९३३९६८ उनको नागरिकता नम्बर हो । नागरिकता अनुसार उनी जन्मन अझै २१ वर्ष बाँकी छ । नागरिकताका अनुसार उनले आफू जन्मनुभन्दा करिब ४३ वर्ष पहिले नै नागरिकताको प्रमाणपत्र पाएका हुन् । यो सरकारी कर्मचारीको जनताको कामप्रतिको हेलचक्र्याईंको प्रतिनिधिमूलक काम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *