जम्मुकश्मिरको विशेष अधिकार खोसियो, लद्दाख केन्द्र शासित क्षेत्र

   नयाँ दैनिक comment 0

 साउन २०, काठमाडौँ । नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले जम्मुकश्मिरको विषयलाई लिएर आज एक ऐतिहासिक निर्णय गरेको छ/भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने ऐतिहासिक निर्णय गरेको छ / मोदी सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो । भारत शासित जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएका बेला नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले दफा ३७० खारेज गर्ने गरी भारतको संविधानमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। मन्त्रिपरिषद्को बैठकलगत्तै जम्मुकश्मिरको सुरक्षाव्यवस्थामाथि छलफल गर्न सुरक्षासमितिको बैठक समेत बसेको थियो। साथै लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय पनि भएको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र शासित इलाका हुनेछ, जहाँ विधानसभा हुने छैन ।यसैबीच आइतबार मध्यरातमा जम्मुकश्मिरका पूर्व मुख्यमन्त्रीहरु उमर अब्दुल्लाह र महबुबा मुफतीलाई आइतबार मध्यरातदेखि नजरबन्द गरिएसँगै त्यहाँ राजनीतिक अस्थिरता थप बढ्न सक्ने देखिएको छ। यसका साथैे इन्टरनेट, फोन सेवा सबै बन्द गरिएका छन्। सरकारले शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने आदेश दिइसकेको छ। साथै पर्यटकहरुलाई चाँडोभन्दा चाँडो उपत्यका छाड्न भनिएको छ। भारतीय सञ्चारमाध्यमहरुका श्रीनगर र आसपासका क्षेत्रमा दंगा प्रहरीलाई तैनाथ गरिएको छ।गृहमन्त्री अमित साहले संविधानको धारा ३७० खारेज गर्ने संकल्प प्रस्ताव राज्यसभामा पेश गरेका छन् । साहले संकल्प प्रस्ताव पेश गरेपछि राज्यसभामा हंगामा भइरहेको छ । कांग्रेसले सरकारी प्रस्तावको विरोध गरेको छ । कांग्रेस नेता गुलाम नबी आजाजले संविधानको धारा ३७० खारेज गरेर भारतीय जनता पार्टीले संविधानको हत्या गरेको आरोप लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *