जीपीए १.६ भन्दाकम ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन नपाउने

   नयाँ दैनिक comment 0

 

असार १३, काठमाडौँ । २०७५ साल चैतमा संचालन भएको एसइइ परिक्षाको नतिजा प्रकाशित भए संगै ११ कक्षाको भर्ना प्रक्रिया सुरु भएको छ। नतिजा प्रकाशित गर्दा कोही पनि विद्यार्थी अनुत्तीर्ण नभएपनि सबै विद्यार्थीले ११ कक्षामा भर्ना हुन भने पाउने छैनन्। शिक्षा मन्त्रालयले २०७४ साल असार १३ गतेगरेको निर्णय अनुसार एसइइ उत्तीर्ण हुँदा १.६ जीपीए भन्दाकम अंक प्राप्त गर्ने विद्यार्थीले ११ कक्षाको कुनै पनि विषयमा भर्ना हुन नपाउने व्यहोरा उक्त निर्णयमा उल्लेख गरिएको छ। शिक्षा मन्त्रालयको उक्त निर्णयमा ११ कक्षामा भर्ना हुनको लागि तोकिएको मापदण्ड बारेमा सम्पूर्ण विवरण सहित जानकारी लिन सकिन्छ। 

यसपालीको एसइइ परिक्षाको नतिजा अनुसार १.६ जीपीए भन्दाकम अंक ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ जना रहेको छ। मन्त्रालयले तोकेको मापदण्ड अनुसार यी सबै विद्यार्थीहरु ११ कक्षामा भर्ना हुन बाट बन्चित हुने छन्। उनीहरु ग्रेड बढाउन पुन: परिक्षामा संलग्न हुनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *