‘टिकटक’ हटाउन एप्लिकेसन स्टोरलाई भारत सरकारको पत्र

   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । विश्वभर चर्चित रहेको सामाजिक सञ्जाल टिक-टक गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट हटाउन भारतीय सरकारले ती एपस्टोरहरुलाई आग्रह गरेको छ ।

मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई आदेश गरेको थियो । उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको र सर्वोच्चले टिक-टकलाई प्रतिवन्ध लगाउनु पर्ने कारण नभएको फैसला गरेको थियो ।

भारतको आग्रह मानेको खण्डमा टिक-टक प्रयोगकर्ताहरु निराश हुनेछन् भने, भारतमा टिक टकलाई ठुलो धक्का लाग्ने छ । 

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गुगल तथा एप्पललाई गरेको आग्रहलाई ती एपस्टोरले मान्ने वा नमान्नेबारे जानकारी आइसकेको छैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *