डा. केसीको विषयमा डाक्टरको वृहत भेला डाकियो

   नयाँ दैनिक comment 0

माघ १२, काठमाडौँ । अनशनरत डा. गोविन्द केसीका मागको सुनुवाई नगरी संसदले विधेयक पारित गरेपछि नेपाल चिकित्सक संघले उपत्यकाका चिकित्सकको वृहत भेला बोलाएको छ । संघले अत्यन्त जरुरी सूचना भन्दै डा. केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्नैपर्ने अवस्था आएपछि भेला बोलाएको जनाएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार र संसदले संयमता अपनाएर निकाश खोज्ला भनेर आशा गरेर बसेको अवस्थामा शुक्रबार जवरजस्ती विधेयक पारित नभएपछि संघको समेत धैर्यता टुटेको बताए ।

डा. श्रेष्ठले अबको अवस्था एक जना चिकित्सकको जीवन रक्षा गर्ने कि नगर्ने भन्ने तहमा आइपुगेको भन्दै संघ अब कठोर आन्दोलन उत्रिने बताए । संघले सदस्यहरुका लागि जारी गरेको अत्यन्त जरुरी सूचनामा माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा। गोविन्द के।सी।को पटक–पटकको अनशन र नेपाल सरकारले डा। के।सी।सँग सम्झौता मार्फत गरिएका प्रतिबद्धता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट दुई तिहाईको बलमा पारित गरिएको उल्लेख छ ।

यो परिस्थितिमा डा. केसीको १६ औं सत्याग्रह चलिरहेको हुनाले उहाँको जीवन रक्षाका लागिसंघले आइतबार दिउसो १ः०० बजे काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा उपस्थित हुन आह्वान गरेको छ । संघल डा. केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघले निर्वाह गर्ने भूमिकाका सम्बन्धमा बृहत गरेर त्यहीबाट आन्दोलनको स्वरुप र कार्यक्रम तय गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *