डा.केसीलाई नाइटभिजनमा काठमाडौँ ल्याइयो

   नयाँ दैनिक comment 0

माघ ३, काठमाडौँ । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् । उनी इलाममा ९ दिनदेखि अनसनमा थिए । चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगीले जानकारी दिए । उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *