डा.केसीले गल्ती गरे : नेता न्यौपाने

कांग्रेसलाई प्रश्न– ‘दृष्टिकोण सच्चिएको कि सत्ता बाहिर बस्नु पर्दाको पीडा ओकलिएको हो ?’
   नयाँ दैनिक comment 1

माघ ११, काठमाडौँ । सत्तारुढ नेकपाका युवा नेता लेखनाथ न्यौपानेले डा. गोविन्द केसीले गल्ती गरेको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता न्यौपानेले डा.केसीले उठाएको स्वास्थ्य शिक्षा केन्द्रित मुद्दा महत्वपूर्ण रहे पनि राजनीतिक मुद्दा उठाएर उनले गल्ती गरेको बताएका हुन् । राजनीतिक मुद्दा समावेश गर्दा डा. केसी विवादमा तानिएको र उनले चलाएको आन्दोलन र मुद्दा खण्डित र कमजोर बनेकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् ।

राजनीतिक विषयबाहेक केसीले उठाएका शिक्षा स्वास्थ्य, कृषि र वनका मुद्दाको विरोध गर्नुको कुनै तुक नभएको बताउँदै न्यौपानेले पार्टीका नेता कार्यकर्तालाई अनेक तर्क गरेर कम्युनिस्टको नाममा दलाल पूँजीवादको पक्षपोषण नगर्न समेत आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेलाई प्रश्न गरेका छन्, ‘कांग्रेसले निजी स्वास्थ्य र शिक्षाको विरोध गरेको दृष्टिकोण सच्चिएर हो कि सत्ता बाहिर बस्नु पर्दाको पीडा ओकलेको हो ?’

यस्तो छ न्यौपानेको स्ट्याटस :

अन्ध विरोध र अन्ध समर्थन दुबै पूर्वाग्रही र घातक

क. आजको नेपालको प्रमुख प्रतिपक्ष दल दलाल पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति हो । उसले शिक्षा र स्वास्थ्य लगायत सबै बिषय खुल्ला बजारको वस्तु ठान्छ । यस्तो दृष्टिकोण भएको शक्तिले निजी स्वास्थ्य र शिक्षाको विरोध गरेको, दृष्टिकोण सच्चिएर हो कि, सत्ता बाहिर बस्नु पर्दाको पीडा ओकलेको हो ? उसले भन्नुपर्छ कि शिक्षा र स्वास्थ्य जस्ता सेवाका क्षेत्रमा निजी लगानी अन्त्य गरिनुपर्छ । त्यसो हुँदा उसको सरकारप्रतिको विरोध र गोविन्द केसीप्रतिको समर्थन सही ठान्न सकिन्छ। स्वास्थ्य शिक्षा विधेयक र काँग्रेसी नेताका नाममा खोलिएका अस्पतालको व्यवस्थापन एउटै विषय होइन । सदन अवरूद्ध र सडक आन्दोलन गर्ने मुद्दा बलियो र राष्ट्रीय हुनुपर्छ । कस्को रिसले उसको काखमा सुसु नगर्दा स्वयम् कांग्रेसलाई राम्रो होला ।

ख. डा. केसीले जसरी स्वास्थ्य शिक्षा केन्द्रित मुद्दा उठाएर, त्यो निकै महत्वपूर्ण थियोरछ तर उनले जब राजनीतिक मुद्दा उठाए वा उनी मार्फत उठाइयो, उनले त्यहीबाट गल्ती गरे । यसले उनी विवादमा मात्र तानिएनन्, उनले चलाएको आन्दोलन र मुद्दा खण्डित र कमजोर बन्यो । यो विषयबाहेक केसीले उठाएका शिक्षा (स्वास्थ्य, कृषि र वन) का मुद्दाको विरोध गर्नुको कुनै तुक छैन । उनी लोभ नभएका सिक्नलायक जीवन जिएका विज्ञ हुन् तर उनी स्वतन्त्र नागरिक होइनन् । त्रिविका जागिरे प्रा.डा. हुन् तर कर्मचारी होइनन् । उनको अभिव्यक्ति र आन्दोलनको प्रकृतिबिच लय कत्ति पनि मिलेको देखिदैन, केसीले योबारे सोंचुन् ।

ग. आज प्रति डा. कति जनताले स्वास्थ्य सेवा पाएका छौं ? आगामी १० वा २० वर्षमा कति पुर्याउने लक्ष्य छ ? यो अनुरूप सत्ताधारी दलमा आजको वहस छैनन् । समाजवाद हाम्रो स्पष्ट लक्ष्य हो र आगामी ज्ञण् वर्षपछि शिक्षालाई गैर नाफामुखी पक्का बनाउँछौं भने आज निजीलाई सम्बन्धन दिन किन मरिहत्ते गर्दैछौं ? डा. पढ्न नेपाली विद्यार्थी विदेश गए र ठूलो धनराशी बाहिर गयो भनेर शिक्षा पसल खोल्न दिने तर्क न कम्युनिस्ट विचारसँग मिल्छ, न त समाजवादी गन्तव्यसँग मेल खान्छ । यस्ता तर्क गरेर कम्युनिस्टको नाममा दलाल पूँजीवादको पक्षपोषण नगरौं ।

One thought on “डा.केसीले गल्ती गरे : नेता न्यौपाने”

  1. जिबन says:

    लेख दाजु सग समर्थन जनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *