ढलान हुँदै गरेको पुल भत्कियो

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका ३ वडागाउँ र ७ वामी जोड्ने बडीगढ झेदीमा बनिरहेको पुल आइतबार साँझ भत्किएको छ ।

गत शुक्रबार मात्र ढलान गरिएको उक्त पुल भत्किदा च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइते भएको जनाइएको छ । ठेकदार इटानी सहित घाइते हुनेमा मुसिकोट नगरपालिका-३ का २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना छन्। 

०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल बनाउने काम भइरहेको थियो। पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भएको छ।

पुल भत्केपछि स्थानीय आक्रोसित बनेका छन् । कमजोर संरचनाका कारण पुल भत्किएको हुनसक्ने आशंका स्थानीयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *