तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाइयोस् : नेता चौलागाईं

   नयाँ दैनिक comment 0

फाल्गुण ३०, काठमाडौँ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले तत्काल केन्द्रीय समितिको बैठकको माग गरेका छन् । पार्टी एकतापछि घोषित केन्द्रीय समितिको एक पटक पनि औपचारिक बैठक नभइरहेका बेला युवा नेता चौलागाईंले बैठक बोलाउन र निर्णयका आधारमा चल्न आग्रह गरेका हुन् ।  नेता चौलागाई तत्कालीन माओवादी केन्द्रको विदेश विभाग सचिव हुन् ।

युवा नेता चौलागाईंले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपाको तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् र राजनैतिक बिश्लेषणमा एकरुपताका आधारमा सरकारले दल प्रतिबन्ध सम्बन्धी निर्णयमा केन्द्रीय समितिको निर्णयको पालना गरोस् ।’

अलग धारको दल माथिको प्रतिबन्ध अहिलेको नेपालका लागि गलत कदम भएको धारणा समेत उनले व्यक्त गरेका छन् । प्रतिबन्धको सिधा नकारात्मक असर संविधान कार्यान्वयन र राज्यका निर्धारित लक्ष्य प्राप्तिमा पर्न जाने र मुलुकको अन्तर्राष्ट्रिय छविमा यसको गंभीर नकारात्मक असर पर्ने चौलागाईंको तर्क छ ।

‘राजनीतिक पमलकदमी सहित नियमित कानुनहरुको उच्चतम् प्रयोग गरेर समस्याको समाधान गर्न सकिने अबस्था हुंदा हुँदै प्रतिबन्धको तहमा जान केले प्रेरित गर्यो ?’ चौलागाईंले सरकारको नेतृत्वसँग प्रश्न गरेका छन् ‘पार्टी कमिटी र संसदीय दलभित्र उचित बहस र निर्णयबिना किन यस्तो कठोर र गह्रुंगो भारी पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाइ बोकाइयो ?’

‘संसारभरी नेकपाको एकताले सकारात्मक सन्देश दिइरहेको बेलमा एकता नै नटुंगिइ नेपालमा उस्तै नाम गरेको अर्को पार्टीबारे प्रचार किन शुरु भयो ?’ उनले प्रश्नैप्रश्न गरेका छन्, ‘लगानी सम्मेलनको मुखैमा देशमा असामान्य वाताबरण रहेको सन्देश कसको हितका लागि प्रसार भयो ? सिके राउत र बिप्लब बारे दोहोरो मापदण्ड किन अपनाइयो ?’

विप्लवका विचार र गतिबिधीहरुले मुलुकको हित र जनताको सेवा गर्न नसक्ने चौलागाईंको बुझाई छ । विप्लवलाई मुलधारमा ल्याएर राष्ट्रको अबिच्छिन्न नेतृत्व गर्नु पर्ने नेकपाले शुरुबाटै यस सम्बन्धी सहि समझदारी, विधि र कार्यशैली तय गर्नुपर्ने चौलागाईंले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *