तिब्बती धार्मिक नेता दलाई लामा अस्पताल भर्ना

   नयाँ दैनिक comment 0

चैत २७, काठमाडौँ । तिब्बति धार्मिक नेता दलाई लामालाई छातिमा संक्रमण देखिएको भन्दै अस्पताल भर्ना गरिएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए नुसार ८३ बर्षीय लामा बुधबार अस्पताल भर्ना भएका हुन् ।

चिनियाँ शासनविरुद्ध स्वतन्त्र तिब्बतको आन्दोलनको नेतृत्व गरि असफल भएपछि लामा सन् १९५९ मा भारततर्फ गएका थिए । त्यसयता उनी भारतको उत्तरी पहाडी क्षेत्र धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *