तेस्रो नवलपुर युवा सम्मेलन हुने

   नयाँ दैनिक comment 0

फाल्गुण ३, कावासोती ।  हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चले यस तेस्रो नवलपुर युवा सम्मेलन २०७५ को आयोजना गर्ने भएको छ । यही आउदो फागुन ४ गते कावासोति स्थित होटल फुलमुनमा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव २०० युवा सहभागी हुने आयोजक संस्था वातावरण जन जागरण विकास मञ्चका अध्यक्ष  सुमन लम्सालले बताए । युवाहरुमा सकरात्मक सोच ल्याई घर, समाज र राष्ट्रप्रति उत्तरदायित्व बनाउने सम्मेलनको लक्ष्य छ ।

नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि विषयभित्र रहेर सम्मेलनमा विशेष बहस हुने हरियाली संस्थाका अध्यक्ष एलएन दवाडीले बताए ।

विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहने साथै दिगो बिकास, उद्दमशिलता, विश्व सरसफाई दिवस लगायतका विषयमा पनि सहभागी युवाबीच छलफल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *