त्यो पल सम्झिएँ…

   मनु शर्मा comment 0

गजल

हामी दुईले मुटु जोडेको त्यो पल सम्झिएँ
जाडोमा दुवैले ओढेको रातो सल सम्झिएँ 

अनायसै टाढा भयौ तिमी सोच्न नि सकिनँ
हाँसी–हासी तिमीले गरेको यो छल सम्झिएँ 

दियो बाल्दै पर्खिन्थ्यौ मेरो आगमनमा तिमी
बाटोमा ओछ्यायको रातो मल्मल सम्झिएँ 

कति चाँडै परिबर्तन भयौ मौसमजस्तै
मायाले भरिएको कञ्चन जल सम्झिएँ 

खुसी हुनु सुखी हुनु तिमी जहाँ भए पनि
एकै छिनमा बिलाइ जाने बादल सम्झिएँ 

दोष दिन मन त पटक्कै छैन तिमीलाइ
धेरै अबगुण भित्र एक अकल सम्झिएँ 

एकथोक मलाइ भन्न मन छ तिम्रो बारे
गर्मी मौसममा दिएको त्यो शितल सम्झिएँ ।

(पोखरा–३०, खुदी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *