त्रिविका पदाधिकारी पार्टी कार्यालयबाट चल्छन् : भण्डारी

   नयाँ दैनिक comment 0

माघ २८, काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारी राजनीतिक पार्टीको कार्यालयबाट चल्ने आरोप लगाएका छन् । पार्टी कार्यालयबाटै सञ्चालित हुने भएकाले त्रिविका पदाधिकारीले स्ववियु चुनाव आफ्नो क्यालेण्डर अनुसार गर्न नसकेको उनको तर्क छ ।

अखिल (क्रान्तिकारी) र अनेरास्ववियु त्रिचन्द्र कलेज इकाई समितिद्वारा संयुक्त रुपमा आयोजित ‘सहिद सप्ताह तथा अखिल कप २०७५’ को उद्घाटन गर्दै नेता भण्डारीले आक्रोश पोखे, ‘त्रिविले किन आफ्नो क्यालेण्डर अनुसार स्ववियु चुनाव किन गर्दैन रु किनभने उनीहरु राजनीतिक भागवण्डामा आएका हुन् र पार्टी कार्यालयबाट सञ्चालित छन् ।’ स्ववियु चुनावको प्रक्रिया अविलम्व अगाडि बढाउन समेत भण्डारीले त्रिविसँग माग गरेका छन् ।

मन्तव्यका क्रममा भण्डारीले जनयुद्ध, जनआन्दोलजन मा शहादत प्राप्त गर्ने शहिदहरुको सम्मान गरेर मात्र नेकपा अगाडि बढ्नुपर्ने बताए । प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरूले नेकपाभित्र फेरि चलखेल गर्न खोजेको बताउँदै उनले षड्यन्त्रप्रति सचेत हुन नेताहरुलाई उनको सुझाव समेत दिए ।

अनेरास्ववियुका इकाई अध्यक्ष गोविन्द थपलियाका अनुसार कार्यक्रम विभिन्न खेलकुद र प्रतियोगिताहरू सहित साताव्यापी रुपमा चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *