त्रिवीका सहायक डिनमाथि यौन दुराचारको आरोप

   नयाँ दैनिक comment 0

फाल्गुण ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवा लाल साहमाथि यौन दुराचारको आरोप लागेको छ । सत्तारुढ अखिल (क्रान्तिकारी)का अनुसार शिक्षाशास्त्रका सहायक डिन बउवा लाल साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ती गरेका हुन् । यौन दुराचार गर्न खोजेको पुष्टि भएको भन्दै अखिल (क्रान्तिकारी) र अखिलले शाहलाई कालो मुसो दलेर त्रिवीबाट निकाला गरेको छ ।

अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष पञ्चा सिंहले कालोमुसो दलेको शाहको फोटो तस्विर फेसबुकमा सार्वजनिक गर्दै कालोमुसो दलेकोमा संगठनलाई धन्यवाद दिएकी छिन् । यौन दुराचारीलाई सरकारी सेवाबाट निस्कासन गर्न उनले जोडदार माग समेत गरेकी छिन् ।

सिंहले लेखेकी छिन्, ‘यौन दुराचारी लाई सरकारी सेवा बाट निष्कासन गरियोस् ! यस्ता यौन दुराचारीको कारण क्याम्पस मा समेत छात्राहरु सुरक्षित हुन नसक्दा सुरक्षा प्रदान गर्नु र घटनाको प्रदाफास गर्नु हाम्रो दायित्व हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *