दक्षिण अफ्रीकाको श्रीलंकामाथि नौं विकेटको प्रभावशाली जीत

   नयाँ दैनिक comment 0

असार १३, काठमाडौँ । चालु विश्वकप क्रिकेटमा आफ्नो दोश्रो जीत दर्ता गर्ने क्रममा दक्षिण अफ्रिकाले श्रीलंकामाथि प्रभावशाली जीत हात परेको छ। बेलायतमा जारी विश्वकपमा आज भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाइ   २०३ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य अफ्रिकाले १ विकेट गुमाएर ३७.२ मै पुरा गर्यो।  श्रीलंकाले आफ्ना सबै विकेट गुमाएर जम्मा २०३ रन बनाउन सकेको थियो। श्रीलंकाले दिएको उक्त लक्ष्य भेटाउने क्रमममा फाप डुप्लेसीले ९६ तथा हासी अमलाले ८० रनको योगदान दिए। यो जीत संगै  जारी प्रतियोगितामा दक्षिण अफ्रिकाले दोश्रो जीत दर्ता गरेको छ।यस अघि श्रीलंकालाइ सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकी खेलाडी प्रेटोरिएस र मोरिसले तीन तीन विकेट हात पारे। साथै कगिसा राबाड़ाले पनि दुइ विकेट लिएका थिए। आजको खेलमा जीत हात परे पनि  दक्षिण अफ्रिकाको सेमी फानल प्रवेशको सम्भावना भने सकिएको  छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *