दर्जन प्रश्नका दर्जन उत्तर

   रामदीप आचार्य comment 0

१. दर्शन के हो ?

अंग्रेजी (philosophy) शब्द philo को अर्थ प्रेम र sophia को अर्थ विवेक जस्ता शब्दको मिलनबाट विवेक प्रेम वा विद्यानुराग हुन्छ । ज्ञान प्रतिको प्रेमलाई दर्शनशास्त्र भनिन्छ । अर्को शब्दमा दर्शन भनेको विश्वलाई हेर्ने साधारण (आम) तरीका हो ।

२. दर्शन शब्दको पहिलो प्रयोगकर्ता को हुन् ?

प्राचिन युनानी दार्शनिक पाइथागोरस ।

३. दर्शनशास्त्रको मौलिक प्रश्न के हो ?

“समग्र दर्शनको र विशेषत: नयाँ दर्शनको महान मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । ’’ एंगेल्स “मानिसको चेतनाले त्यसको अस्तीत्वलाई निर्धारीत गर्दैन, अपितु यसको उल्टो, त्यसको सामाजिक अस्तित्वले त्यसको चेतानालाई निर्धारीत गर्छ ”। मार्क्स

४. भौतिकवाद के हो ?

जुन सिद्धान्तमा ईश्वर वा कुनैपनि सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात, विश्व, अर्थात प्रकृती, पदार्थ वा वस्तुगत संसारलाई प्राथामिक दर्जामा राख्ने र त्यसैवाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरीन्छ, त्यसको नाम भौतिकवाद हो । पदार्थ (matter)लाई प्राथामीक दर्जामा राखेकोले त्यसको नाम भौतिकवाद(Materialism) रहन गयो । “मार्क्सवादी दर्शन भौतिकवादी हो ।” लेनिन

५. आदर्शवाद के हो ?

आर्दशवाद एक यस्तो दार्शनिक सिद्धान्त हो जस्को चेतना,आत्मा,संकल्प,विचार वा ईश्वर लाई प्राथामिक मान्दै त्यसैवाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । विचार,आत्मा वा आदर्श ( Ideal) जस्तो अभौतिक तत्वलाई प्राथामिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद (Idealism) रहन गयो ।

६. द्धैतवाद के हो ?

चिन्तन र सत्ता,आत्मा र प्रकृति,चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथामिक मान्ने,तिनमा समन्वय कायम गर्ने वा आफुलाई तटस्थ देखाउने गर्छन् तिनको दार्शनिक सिद्धान्तलाई द्धैतवाद, समन्वयवाद वा तटस्थवाद भनिन्छ । द्धैतवादले आदर्शवाद तर्फ जाने ढोका खुल्ला गर्दछ ।

७. दर्शनशास्त्रको पद्धती के हो ?

विश्वको विकास प्रक्रीया र त्यसको नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शन शास्त्रको पद्धती भनिन्छ । दर्शनशास्त्रको इतिहासमा विश्व दृष्टिकोणका दुई आधारभुत पद्धती रहिआएका छन, ति हुन द्वन्द्ववाद र अधिभुतवाद ।

८. द्वन्द्ववाद के हो ?

द्धन्दवाद प्राचिन युनानी (Dialog) पदावलीबाट विकसीत भएको हो । यसको अर्थ हो बहसको कला ।

९. अधिभूतवाद भनेको के हो ?

अधिभुतवाद पनि प्राचिन युनानी (Meta-Physica) पदावलीबाट विकसीत भएको हो । यसले भौतिक विज्ञानभन्दा पर भन्ने अर्थ बुझाउछ । द्वन्द्ववाद (Dialectics ) र अधिभुतवाद (Meta-Physica) परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् ।

१०. के दर्शन वर्गीय हुन्छ ?

हो । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ । दर्शन शास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभुतवाद बिच जुन संघर्ष चल्दै आएको छ, त्यो यसै वर्गीय वैचारीक संघर्षको प्रतिवीम्वन हो । हरेक दर्शनले आफ्नो वर्गहित, विचार र राजनितीक उदश्यको सेवा गर्दछ । द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी दर्शन हो । यसले श्रमजिवी सर्बहारा वर्गको सेवा गर्दछ भने अधिभुतवादी आर्दशवादले पुँजीपती वर्गको सेवा गर्दछ ।

११. दर्शनशास्त्रको विषयवस्तु के हो ?

प्रकृति, समाज र चिन्तनका सामान्य विषयको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु हो ।

१२. दार्शनिक प्रणालिका तिन तत्व के के हुन् ?

(क) वर्गीय पक्षधरता

(ख) सिद्धान्त

(ग) पद्धती ।

 

लेखक समाजवादी अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *