देशभन्दा ठूलो कुनै वाद र विचार हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

   नयाँ दैनिक comment 0

पुस २६, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै र वाद र विचार नहुने बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नागगरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने बताएका हुन् । नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्‍याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने उनको धारणा छ ।

पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको समेत उनले दावी गरेका छन्। राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै उनले यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *